शनिबार, कात्तिक ८, २०८२

लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

एजेन्सी- रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

Kumaribank

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो। लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो।

आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियललाई विजयी गराउन करिम बेन्जमाले निर्णायक गोल गरे। उनले खेलको ७८औं मिनेटमा गोल गरेका थिए। सोही गोल नै रियललाइ क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त भयो।

प्रकाशित: Mar 16, 2023| 08:51 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।