बुधबार, चैत ८, २०७९

नजिकिँदै जसपा-लोसपा, फर्किएला मधेसको विरासत?

उपराष्ट्रपति निर्वाचन, सत्ता र मधेसमा गुमेको विरासतलाई पुनः फर्काउनेलगायत विषयमा नजिकिन थाले महन्थ–उपेन्द्रहरू।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– २२ असार २०७८ मा विधिवत् टुक्रिएर जसपा–लोसपामा विभक्त उपेन्द्र यादव, महन्थ ठाकुरहरू पुनः जोडिन संवादमा आउन थालेका छन्। महन्थनले तत्कालीन केपी ओली सरकारलाई समर्थन गरेको र पार्टी कब्जा गर्न लागेको आरोप लगाएका दुई नेताहरूबीच आजमात्रै वार्ता भएको छ।

National life insurance

त्यतिबेला राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जनता समाजवादी पार्टी २२ असारमा विभाजित भएको थियो। समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर गठन भएको जसपा) साढे १४ महिनापछि विभाजित भएको छ। निर्वाचन आयोगमा पुगेर दुवै पक्षले हस्ताक्षर गरेपछि औपचारिक रूपमै जसपा टुक्रिएको थियो। 

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, केशव झा, सुरेन्द्र झा र राजेन्द्र श्रेष्ठले आयोगलाई पार्टी विभाजनको प्रक्रिया अगाडि बढाउन लिखित सहमति दिएर फर्किएका थिए। त्यतिबेला महन्थको पक्षमा रहेका महेन्द्रराय यादव हाल बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा दोस्रो अध्यक्ष छन्।

१० वैशाख २०७७ मा सपा र राजपाबीच समानताका आधारमा एकीकरण गर्ने भन्दै दुवै पार्टीबाट २६/२६ जना राखेर केन्द्रीय कार्यकारिणी समिति बनाउन सहमति भएपछि त्यसलाई उपेन्द्रले अस्वीकार गरेकै कारण उनीहरू फुटेका थिए। 

उपराष्ट्रपति निर्वाचन, सत्ता र मधेसमा गुमेको विरासतलाई पुनः फर्काउनेलगायत विषयमा नजिकिन थाले महन्थ–उपेन्द्रहरू।

worldlink

यसबीचमा गत वैशाखमा स्थानीय तह निर्वाचन, ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो। टुटफुटकै कारण तीन वटै तहको निर्वाचनमा जसपा र लोसपाको जनमत करिब–करिब शून्य अवस्थामा पुगेको छ। मधेसमा समेत उनीहरूको उपस्थिति झिनो संख्यामा रहेको छ। जसपालाई सीके राउत नेतृत्वको जनमत पार्टीले चुनौती दिइसकेको छ। स्वयं पार्टी अध्यक्ष उपेन्द्रलाई राउतले संघीय निर्वाचनमा पराजित गरेका थिए। 

लोसपा र जसपाबीच विभाजन भएकै कारण मधेसमा केन्द्रीय स्तरका पार्टीले तीन वटै तहमा सरकार निर्माणको हैसियत बनाएका छन्। सोही कारण मधेसमा गुमेको जनमतलाई पुनः कायम गर्न जसपा अध्यक्ष उपेन्द्रले लोसपा अध्यक्ष महन्थ ठाकुरहरूसँग वार्ता थालेका छन्।

यसै क्रममा उपेन्द्रले लोसपा अध्यक्ष महन्थलाई भेटेका छन्। बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायत विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले बताए।

उनले भने, ‘हामीले देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न महन्थ ठाकुरजीलाई भेटेका हौं। कुराकानीका क्रममा उहाँले उपराष्ट्रपतिका लागि रामसहाय यादवलाई शुभकामना दिनुभयो।’ अध्यक्ष ठाकुरले आफ्नो पार्टी गठबन्धनमै रहेको र उसले गर्ने निर्णयअनुसार अगाडि बढ्ने बताएर रामसहाय यादवलाई जितको शुभकामना दिएका थिए।

ममता झालाई उपराष्ट्रपति बनाएको जनमत पार्टीसँग लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत एकता गरेको छ। लोसपा ममता झाको समर्थक र प्रस्तावकमा पनि बसेको छ। ज्सपा जसपा नेता प्रदीपले विगतको असमझदारीलाई विश्वासमा ल्याउन नेताहरू सहमति नजिक पुगेको दाबी गरे। तर भेटमा पार्टी एकीकरणबारे कुरा नभएको उनको भनाइ छ।

प्रकाशित: Mar 15, 2023| 05:44. 00 बुधबार, चैत १, २०७९

थप समाचार

 सरकारले अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्ने

सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ।

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्।

आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु...

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्ने भएको छ।