बिहीबार, साउन ७, २०८३

सरकारलाई राजपाको अल्टिमेटम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

राजपाले सोमबार सबै जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीमार्फत आफ्ना माग पूरा गराउन ज्ञापनपत्र बुझाउने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपाल समयलाई जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजपाका अध्यक्ष मण्डलका संयोजक र सदस्यहरूले भेट गर्न खोजे पनि समय पाएका छैनन्। प्रधानमन्त्री ओलीसँग सोमबार भेट गरी ज्ञापनपत्र बुझाउने भनिए पनि अझै समय निर्धारण नभएको यादवले बताए।

राजपाले प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा संविधान संशोधनको प्रस्ताव सदनमा ल्याउनुपर्ने, मधेश र थरुहट आन्दोलनका क्रममा राजपाका कार्यकर्तामाथि लगाइएको मुद्दा झुटा भएकाले फिर्ता लिनुपर्ने र बन्दीलाई रिहाइ गरिनुपर्ने माग राजपाको छ। यस्तै, आफ्ना प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको सपथग्रहण तथा आन्दोलनका घाइतेको जीविकोपार्जनको व्यवस्था गर्न राजपाले माग गर्दै आएको छ।

हाल एक्कासी भएको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, मुलुकमा दिनहुँ भएका हत्या, हिंसा र बलात्कारका घटनालाई नियन्त्रण गर्न माग गर्ने भएको छ। प्रतिनिधिसभामा राजपाका १६ जना सांसद छन्। टीकापुर नरसंहारका मुख्य योजनाकारका रूपमा आरोपित रेशम चौधरीलाई भने हालसम्म सपथ गराइएको छैन। उनी पुर्पक्षका लागि कारागारमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।