शनिबार, कात्तिक ८, २०८२

पपुवा न्युगिनीविरुद्ध युएईले निकाल्यो जित

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न भएको खेलमा युएईले छ विकेटको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले जित निकालेको हो।

Kumaribank

यसअघि पिएनजीसँग लगातार हार बेहोरिरहेको युएईका लागि आज मुहम्मद वासिमले सतक प्रहार गरेका छन्। २४ रनमै पहिलो विकेट गुमाएको युएईका वासिमले ६० बलमा नै शतक प्रहार गरेका हुन्। यससँगै युएईले सहज जित निकाल्यो।

पहिलो पारीमा ब्याटिङ गर्दै पिएनजीले सात विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा युएईले ३८ ओभर चार बलमा २३६ रन बनाउँदै जित निकालेको हो।

युएईका वासिमले शतक बनाउँदासम्म ६० बलमा चार चौका र ११ छक्का प्रहार गरेका थिए। तर खेलको २७ औं ओभरमा उनी हेकुरेको हातबाट क्याचआउट भएका छन्। ओपनर वासिमले ७६ बलमा छ चौका र १२ छक्का हानेर ११९ रन बनाइसकेको अवस्थतामा काबुय मोरियाले रिले ह्याकुरेको हातबाट क्याचआउट गराएका हुन्।

खेलमा युएईले २३५ रनको लक्ष्य पाएको थिया। उनले ओपनिङमा आएर टिमको खातामा १७२ रन पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्। त्यसअघि ओपनर आर्यन लाक्रा चार बलमै आउट हुँदा युएईले २४ रन मात्र बनाएको थियो। खेलमा दोस्रो विकेटका रुपमा ३३ रन बनाएका भृत्य अरविन्द आउट हुँदा टिमले १४९ रन बनाएको थियो।

Metro Mart

युएईका लागि आयान अफजल खानले २७ रन बनाए भने सिपी रिजवनले पनि २९ रन बनाएका थिए। पिएनजीका हेकुरेले दुई विकेट लिए।

पहिलो पारीमा पिएनजीका कप्तान आसाद भालालो ६५ रन बनाएका थिए भने नर्मन भाउनाले अविजित ४९ रन बनाएका थिए। ओपनर किप्लिन डोरिगोले पनि २४ रन बनाएका थिए।

आजको खेलसँगै पिएजनीको लिग २ का सबै खेल सम्पन्न गरेको छ। उसले ३५ खेलबाट ५ जित निकालेर ११ अंक बनाएको छ। ३५ खेलबाट ३३ अंक बनाएको युएईको भने एक खेल बाँकी छ।

भोलिको खेलमा नेपालले युएईको सामना गर्नेछ। आईसीसी विश्वकप लिग २ को यो अन्तिम खेल हुनेछ।

प्रकाशित: Mar 15, 2023| 16:35 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।