शनिबार, कात्तिक ८, २०८२

६० बलमै वासिमले बनाए शतक

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा युएईका खेलाडी मोहम्मद वासिमले शतक प्रहार गरेका छन्। २४ रनमै पहिलो विकेट गुमाएको युएईका वासिमले ६० बलमा नै शतक प्रहार गरेका हुन्।

Kumaribank

उनले शतक बनाउँदासम्म ६० बलमा चार चौका र ११ छक्का प्रहार गरेका थिए। तर खेलको २७ औं ओभरमा उनी हेकुरेको हातबाट क्याचआउट भएका छन्। ओपनर वासिमले ७६ बलमा छ चौका र १२ छक्का हानेर ११९ रन बनाइसकेको अवस्थमा काबुय मोरियाले रिले ह्याकुरेको हातबाट क्याचआउट गराएका हुन्।

खेलमा युएईले २३४ रनको लक्ष्य पाएको छ। उनले ओपनिङमा आएर टिमको खातामा १७२ रन पुर्याउन महत्वपूर्ण योगादन दिएका छन्। त्यसअघि ओपनर आर्यन लाक्रा चार बलमै आउट हुँदा युएईले २४ रन मात्र बनाएको थियो। खेलमा दोस्रो विकेटका रुपमा ३३ रन बनाएका भृत्य अरविन्द आउट हुँदा टिमले १४९ रन बनाएको थियो।

यता पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले सात विकेट गुमाएर २३४ रन बनाएको थियो। अहिले युएईले २३५ रनको लक्ष्य पछ्याइरहेको छ।

प्रकाशित: Mar 15, 2023| 16:08 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।