बुधबार, साउन ६, २०८३

सीके राउत गौरबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

जनकपुरधाम- स्वन्तन्त्र मधेशको माग राखेर आन्दोलन गरिरहेका सीके राउत रौतहटबाट पक्राउ परेका छन्। उनलाई रौतहट प्रहरीले सदमुकाम गौरबाट पक्राउ गरेको हो।
 
जिल्ला अदालत रौतहटको तारिखमा उपस्थित हुन गौर आएका बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए। 

पक्राउ परेका उनीविरुद्ध राज्य विप्लविवरुद्ध मुद्दा दायर गरिएको छ। उनी आफ्ना समर्थकसहित अदालत पुगेका थिए। 

पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ।

उनी पुराना मुद्दासम्बन्धी पेशीका लागि अदालत पुगेका थिए। उनी पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले पुष्टी गरेको छ। ३ असोजमा संविधान दिवसको विरोध गर्दै राउतले जनकपुरमा शक्ति प्रदर्शन गरेका थिए।

संविधानको विरोधमा राउतलाई कार्यक्रम गर्न नदिने भन्दै प्रहरीले विभिन्न स्थानबाट उनका कार्यकर्तालाई पक्राउ गरेको थियो। राउत भने ३ असोेजमा जनकपुरको रामानन्द चोकमा सभा गर्न सफल भएका थिए। प्रहरीकै अगाडि राउतले सभा गरेपछि सुरक्षा निकायदेखि सरकारको आलोचना भएको थियो।

यो पनि पढ्नुहोस्

हामीलाई जालझेल अनि सीके राउतलाई मलजल?

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।