शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इर्लिङ हाल्यान्डले गरे च्याम्पियन्स लिगमा कीर्तिमानी पाँच गोल

इर्लिङ हाल्यान्डले गरे च्याम्पियन्स लिगमा कीर्तिमानी पाँच गोल

इर्लिङ हाल्यान्डले म्यानचेस्टर सिटीबाट युरोपेली च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान कायमा गरेका छन्।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- इर्लिङ हाल्यान्डले म्यानचेस्टर सिटीबाट युरोपेली च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान कायमा गरेका छन्।

National life

मंगलबार राति च्याम्पियन्सलिगको खेलमा उनले जर्मनी टिम आरबी लाइप्जिकविरुद्ध पाँच गोल गर्दै सिटीलाई लिगको क्वार्टरफाइनलमा पुर्‍याएका थिए।

गएरातिको खेलपछि हाल्यान्ड युरोपको एलिट प्रतियोगितामा सबैभन्दा चाँडो ३० गोल पुर्याउने सबैभन्दा युवा खेलाडी बनेका छन्। गएराति उनको पाँच गोल सहयोमा सिटीले लाइप्जिकविरुद्ध ७–० को जित निकालेको थियो।

त्यस्तै, हाल्यान्डएकै खेलमा पाँचो गाल गर्न सक्ने सबैभन्दा युवा खेलाडी पनि बनेका छन्। उनले २२ वर्षको उमेरमा नै यो रेकर्ड बनाएका हुन्। यसअघि लियोनेल मेस्सी र ब्राजिली फरवार्ड लुई एड्रिअनोले एकै खेलमा पाँच गोल गरेका थिए।

यि २२ वर्षे खेलाडीले अहिलेसम्म सिटीका लागि सबै प्रतियोगितामा गरेर ३९ गोल गरिसकेका छन्। त्यस्तै, एकै सिजनमा यति धेर गोल गर्ने सिटीका पहिला खेलाडीसमेत हुन्। त्यस्तै एकै सिजनमा उनको पाँच ह्याट्रिक त युरोपको शीर्ष पाँच लिगमा पनि अरुको भन्दा तीन ह्याट्रिक धेरै हो।

Laxmi sunrise bank

गएरातिको प्रतिस्पर्धा र खेल हेर्ने हो भने अब कुनै टिम पनि सिटीविरुद्ध क्वार्टरफाइनलमा पर्न चाहँदैन। यसअघि साल्केलाई ७-० ले हराउने क्रममा पनि गुन्डोगनको खुब तारिफ भएको थियो। गएरातिको खेलमा हाल्यान्डले सनसनीबटुलेका छन्।

यता हाल्यान्डले आफ्नै पूर्वप्रशिक्षकको टिमविरुद्ध गोलवर्षा गरेका हुन्। उनी बोरुसिया डर्टमन्डमा हुँदा प्रशिक्षक थिए मार्को रोस।

प्रकाशित: Mar 15, 2023| 10:34 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।