बुधबार, साउन ६, २०८३

सशस्त्र प्रहरीको कमान्ड बढाउन तालिम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-सशस्त्र प्रहरीले कमान्ड तथा स्टाफ कोर्ष सञ्चालन गरेको छ। सानो गौचरनस्थित स्टाफ कलेजमा आयोजित तालिमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरे ।

आइतबारबाट सञ्चालित तालिमले सशस्त्र प्रहरीको क्षमता विकासमा सहयोगी भूमिका खेल्नेछ । यो तालिममा प्रतिस्पर्धाबाट उत्कृष्ट भएकाहरुलाई समावेश गरिँदै आएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ । यो विशेष तालिम नाम दिएको तालिम सशस्त्रको चौथो व्याच हो । 
   
    
एपीएफ अधिकृतहरुको व्यावसायिक क्षमता र योग्यतामा अभिवृद्वि गरिसंगठनको नेतृत्व गर्नसक्ने सक्षम अधिकृत उत्पादन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।  
 
सशस्त्र प्रहरी बल कमान्ड तथा स्टाफ कोर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्ध व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, सीमा, भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विषयहरु समेटिएको छ। 

१८ महिना अवधिको उक्त कोर्षमा १२ जना  सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागिता छ।

 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।