बिहीबार, साउन ७, २०८३

गोरखापत्रको कार्यकारी अध्यक्षमा कृष्णमुरारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी नियुक्त भएका छन्। आईतबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको हो । 

यस अघि नियुक्त अध्यक्ष गोविन्द पोखरेलको आईतबार बिहानै राजिनामा  गराईएको थियो। भण्डारी लामो समयदेखि बिभिन्न दैनिमा पत्रिकामा स्तम्भकारका रुपमा रहेका थिए ।

बैठकले गोरखापत्र संस्थानका महाप्रवन्धक बशन्त प्रकाश उपाध्यायलाई तीन दिन भित्र जवाफ दिनेगरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

त्यसैगरी बैठकले न्यूनतम पारितश्रमिक निर्धारण समितिले  गरेको शिफारिस अनुसार अहिले कायम रहेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको छ। अहिलेसम्म रहेको न्युनतम पारिश्रमिक १९ हजार पाँंचसयमा २५ प्रतिशत वृद्धि गर्दा २४ हजार तीन सय ७५ हुन्छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।