बिहीबार, भदौ ११, २०८३

ए डिभिजन लिगमा आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्।

लिगको चौथो चरणअन्तर्गत आज दुई खेल दशरथ रंगशाला र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। 

एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ भने संकटा तीन खेलबाट ४ अंक जोडेर आठौँ स्थानमा छ। 

यस्तै सोही समयमा दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ भने फ्रेण्ड्स तीन खेलमा १ अंक जोडेर १२औं स्थानमा छ।

दशरथ रंगशालामै साँझ साढे ५ बजे मछिन्द्र र नेपाल पुलिस भिड्ने छन्। दुवै टोलीलाई पहिलो जित निकाल्ने दबाब छ।

प्रकाशित: Mar 14, 2023| 08:30 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।