बिहीबार, साउन ७, २०८३

तस्बिरमा मानिसको दुरुस्तै अनुहार उतार्ने मनिष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-मनिष चौधरीलाई सानैदेखि कुनै नयाँ मानिस देख्यो कि उसको अनुहारको जस्तै चित्र कोर्न मन लाग्ने गर्दयो । एक पटक देखेको अनुहारलाई सम्झिएर तथा कसैको फोटो हेरेर त्यस्तै चित्र उतार्न उनी प्रयास गरिहाल्थ्ये । 

कैलालीको कैलारी गाउँपालिका ५ छोटी पलियाका २२ वर्षीय मनिष अहिले मानिस तथा कुनै पनि बस्तुको चित्र जस्ताको त्यस्तै उतार्न सक्छन् । उनले चित्रकलालाई आफ्नो प्यासन बनाएका छन् । 

धनगढीको जय मालिका कलेजमा बिबिएस अन्तिम बर्षको परीक्षा दिएर बसेका मनिषले बनाएका चित्र हेर्दा जो कोही पनि अच्चमित हुने गर्दछन् । चित्र कोर्ने उनको क्षमाता निकै अब्बल छ ।

सानैदेखि चित्रकलामा रुचि रहेका चौधरीले अहिलेसम्म सयौं चित्र कोरिसकेका छन् । कुनै तालिम बिना आफ्नै क्षमाताले चित्र कोर्दै आएका चौधरीले थुप्रै प्रतियोगितामा भाग लिइसकेका छन् । उनि भन्छन्, ‘अहिले सम्म भाग लिएका सबै प्रतियोगितामा प्रथम मात्र भएको छु ।’ 



गाउँको स्कुलमा कक्षा ५ मा पढ्दै गर्दा उनलाई थाहा नै नदिएर शिक्षकले श्रोत केन्द्र स्तरीय चित्रकला प्रतियोगितामा सहभागिताका लागि नाम दिएछन् । उनी त्यहा सहभागी भएर दुईवटा चित्र कोरे र उनले कोरेका दुबै चित्रले प्रथम स्थान हाँसिल गरेपछि उनमा राम्रो चित्र बनाउन सक्छु भन्ने आत्मविश्वास बढ्यो । 

धनगढीको एक मोवाईल पसलमा काम गर्ने चौधरी आफूसँग स्रोत साधन भयो भने जस्तोसुकै पनि चित्र कोर्न सक्ने बताछन् । ‘सामान्य भए पनि तालिम र चित्र कोर्न चाहिने सामाग्री भएमा म जस्तोसुकै पनि चित्र कोरेर देखाउन सक्छु’ उनले भने, ‘अवसर र स्रोत साधानको अभावले आफूसँग भएको क्षमाता पनि राम्रोसँग प्रदर्शन गर्न सकिएको छैन ।’ 

आफूले बनाएको चित्र देखेर हेर्न आउनेहरुले निकै तारिफ गर्ने भएकाले बनाएको चित्र सबै आरुलाई बाँडिदिने गरेको उनले सुनाए । 










प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।