काठमाडौं- मलेसियामा जारी टी-२० विश्वकप छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य सुम्पेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ यस ७२ रन जोडेको थियो ।
नेपालक लागि शरद भेषवाकरले ३४ रन जोडे । उनले २८ बल खेल्दै दुई चौकाको मद्दतमा ३४ रन जोडेका हुन् । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३० रन जोडे । उनले २६ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे ।
ओपनर ब्याट्सम्यान अनिल साहले आक्रमक ब्याटिङ गर्दै १७ बलमा पाँच चौकाको मद्दतमा २५ रन जोडे । बिनोद भन्डारीले आठ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १५ रन जोडे । करन केसीले १४ बलमा २ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४० रन जोड्दै अविजित रहँदा सोमपाल कामी ४ रनमा अविजित रहे ।
अन्य ब्याट्सम्यानले भने दोहोर अंक छुन सकेनन् । थाइल्यान्डका लागि पयुपुथ सुंनार्डले चार विकेट लिए । त्यस्तै भिचनाथ सिंहले दुई र जिउल होक्युले एक विकेट लिए । नेपालले केही बेरमा बलिङ गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४