बुधबार, साउन ६, २०८३

स्थानीयस्तरको स्वास्थ्य बीमा अभियान अछामबाट शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपालमै पहिलोपटक पूर्ण स्वास्थ्य बीमित स्थानीय अभियान अछामबाट शुरु भएको छ। साँफेबगर नगरपालिकाबाट अभियानको शुरुवात गरिएको हो।

स्वास्थ्यमा सबै जनताको सहज पहुँज पुर्याउन र हरेक नागरिकका लागि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्थानीयस्तरमै अभियानको थालनी गरिएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादले बताए। स्थानीयस्तरमै जनताले सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज होस् भन्ने मुख्य उद्देश्यले अभियानको थालनी गरिएको हो।पैसा अभावमा गरिब जनताले रोग पालेर बस्ने अवस्थाको अन्त्य गर्न पनि अभियान थालिएको बोर्डका अध्यक्ष प्रसादले बताए।

स्वास्थ्य बीमा कार्यक्रम नेपालमा पहिलो पटक २५ चैत ०७२ मा कैलालीबाट शुरु गरिएको थियो। पहिलो चरणमा कैलाली, इलाम र बागलुङमा लागू गरिएको थियो। देशका ४४ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको छ। त्यसअन्तर्गत ३६ जिल्लामा स्वास्थ्य बीमा शुरु भई बीमितले सेवा लिन थालिसकेका छन्।

३६ जिल्लाको तथ्यांकअनुसार १२ लाख ५० हजार चार सय ६३ जना बीमित छन्। स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदका अनुसार यस प्रदेशमा बीमित संख्या एक लाख २४ हजार ६ सय ६४ छ । कैलालीमा ८० हजार ७ सय २२, बैतडीमा ६ हजार एक सय ६६, अछाममा १२ हजार ८७, बाजुरामा १४ हजार ६० र बझाङमा ११ हजार ६ सय २९ जनाले स्वास्थ्य बीमा गरिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।