शनिबार, कात्तिक ८, २०८२

विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई एकमात्र जित आवश्यक

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ९ विकेटले हराएको छ। सोमबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई पहिलो पारीमा ९५ रनमै अलाआउट गराएको थियो।

Kumaribank

जसक्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए। उनको पाँच विकेट सहयोगमा नेपालले ९६ रनको लक्ष्य पाएको थियो।

नेपालले एक मात्र विकेट गुमाएर सात ओभर चार बलमै सय रन बनाएपछि २५४ बल बाँकी रहँदै जित निकालेको हो। नेपालका लागि आसिफ शेखले २१ बलमा ५३ रनसँगै अर्धसतक बनाए भने १४ बलमा ३३ रन बनाएर कुशल भुर्तेल आउट भए।

कुशल मल्लले पनि १३ बलमा १२ रन बनाएका थिए। नेपालको एकमात्र विकेट पिएनजीका चाड सुपरले लिएका थिए। त्यसअघि नेपालको बलिङमा कुशल मल्ल र ललिन नारायण राजवंशीले समान दुई–दुई र सोमपाल कामीले एक विकेट लिएका थिए। पिएनजीका आसाद भालाले सर्वाधिक २० रन बनाए।

यो जितसँगै नेपालले २८ अंक बनाएको छ। नेपाल अब विश्वकपको ग्लोबल छनोटमा पुग्न एक जितबाट टाढा रहेको छ। र, नेपालले यो विश्वकप लिग २ को चक्रमा एक मात्र खेल खेल्न बाँकी रहेको छ।

Metro Mart

प्रकाशित: Mar 13, 2023| 13:39 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।