शुक्रबार, फागुन १, २०८२

पपुवा न्युगिनीमाथि नेपालको कीर्तिमानी जित

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटको कीर्तिमानी जित निकालेको छ।

National life

नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। अब बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ। 

नेपालका लागि विश्वकप छनोटमा पुग्न पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्नुपर्ने अवस्थामा थियो। जसमा नेपालले ११ मध्ये १० खेलमा जित हात पारिसकेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले नटआउट १२ रन जोडे।

त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए। उनले  १४ बलमा ४ चौका र २ छक्का हिर्काए। उनले कबुआ मोरियाको दोस्रो ओभरमा २६ रन प्रहार गरेका थिए। 

Laxmi sunrise bank

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी सन्दीप लामिछानेले पाँच विकेट लिए पछि ३२ ओभरमा ९५ रनमै अलआउट भयो। 

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको  आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो। 

नेपालले अब बाँकी रहेको अन्तिम खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।

सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ। अन्तिम खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ।  लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३५ खेलबाट ११ अंक छ।

प्रकाशित: Mar 13, 2023| 13:01 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।