शनिबार, कात्तिक ८, २०८२

९५ रनमै समेटियो पपुवा न्युगिनी, सन्दीपले लिए पाँच विकेट

नेपाली बलरको उत्कृष्ट प्रदर्शनले पपुवा न्युगिनी ९५ रनमै समेटिएको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- नेपाली बलरको उत्कृष्ट प्रदर्शनले पपुवा न्युगिनी ९५ रनमै समेटिएको छ।

Kumaribank

आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले राम्रो शुरूआत गर्न सकेन। एक रनमै किल्पिन डोरिगालाई गुमाएको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको छ।

पपुवा न्युगिनीका लागि असल भालाले २०, सेसे बउले १८ र चार्ल्स अमिनीले १६ र हिरि हिरीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका सन्दीप लामिछानेले पाँच, ललित राजवंशी र कुशल मल्लले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए।

प्रकाशित: Mar 13, 2023| 11:54 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।