बुधबार, साउन ६, २०८३

नेविसंघको महाधिवेशनका विषयमा कांग्रेस छलफलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भातृसंगठन नेपाल विधार्थी संघ (नेविसंघ)को महाधिवेशनका विषयमा  छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठकले नेविसंघको विधान टुंगो लगाउने भएको हो । 

कांग्रेस केन्द्रीय समितिले नेविसंघको विधान अनुमोदन नगर्न १२ औं महाधिवेशनको पूर्वर्निधारित कार्यातालिका प्रभावित भएको छ । विधानकै कारण कात्तिकमा हुने १२ औं महाधिवेशन पनि अन्योलमा परेको छ । 

नेविसंघको महाधिवशेन तोकिएको समयमा नहुने संकेत देखिएपछि पार्टीमा छलफल हुने भएको हो। नेविसंघको महाधिवेशन कातिक १६ बाट तोकिएपनि कार्यतालिकाअनुसार काम हुन सकेको छैन।

यस्तै आजको बैठकले विधान संशोधन मस्यौदा समितिको प्रगतिबारे जानकारी लिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको विषयमा तयार पारेको प्रारम्भिक मस्यौदा र सातै प्रदेशबाट संकलन गरिएको सुझावबारे छलफल हुने उनले बताए ।

बैठकमा समसमायिक राजनीतिक विषयमा पनि कार्यसमितिमा छलफल हुने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।