मंगलबार, वैशाख २५, २०८१

अस्कर अवार्ड पाउने पहिलो भारतीय गीत बन्यो 'नाटु नाटु'

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- ९५ औं संस्करणको ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ। यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ।

triton college

यही फिल्मबाट मिसेल योहले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन्। उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड सोही फिल्मबाट  के ह्ये क्वान र जेमी ली कर्टिसले उचाले। यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाएका छन्। फिल्मले ओरिजिनल स्क्रिनप्लेको अवार्ड पनि पाएको छ।

एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' लाई उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ। यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्डसमेत पाएको छ। प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ। 

दक्षिण भारतीय निर्देशक एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत 'नाटु नाटु' ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ। अस्कर अवार्ड पाउने पहिलो भारतीय गीत बनेको छ नाटु नाटु ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'गुईलेर्मो डेल ट्रोज पिनोकियो' ले ओस्कर अवार्ड पाएको छ। डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ। हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ। 'द ह्वेल' बाटै ब्रेन्डन फ्रेसरले उत्कृष्ट अभिनेताको अवार्ड उचाले। सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 13, 2023| 11:33 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्