काठमाडौं- आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध तेस्रो सफलता प्राप्त गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले सेसे बाउलाई बोल्ड आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।
यसअघि, ललित राजवंशीले ओपनर किप्लिन डोरिगालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। सोमपाल कामीले हिरीहिरीलाई करण केसीबाट क्याच गराउँदा नेपालले दोस्रो सफलता पाएको थियो।