बुधबार, साउन ६, २०८३

दुई लाख बराबरको कपडा र पटाका बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गौशाला- भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको नगद दुई लाख बराबरका विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट नेपाल ल्याइएका  २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो ।

उनले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र त्यसैगरी विभिन्न ब्राण्डका बम र पटाका बरामद गरिएको बताए ।

बरामद कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तयारी भइरहेको तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।