बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी प्रश्नपत्र लिक प्रकरण : तीन जना बर्खास्त, एसपीसहित ११ जनामाथि विभागीय कारबाही सिफारिस

प्रहरी प्रश्नपत्र लिक प्रकरण : तीन जना बर्खास्त, एसपीसहित ११ जनामाथि विभागीय कारबाही सिफारिस

छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार प्रहरी नायब निरीक्षक जनक विष्ट, हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको हो।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनको छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीका तीन कर्मचारीलाई बर्खास्त गरिएको छ। छानबिन समितिले प्रहरी नायब निरीक्षक जनक विष्ट, हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको हो। 

समितिले यूएन शाखाका एसपी अनुपशमशेर जबरा, डीएसपी रूपेश खड्कासहित ११ जनालाई कारबाही सिफारिस गरेको छ। परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट, प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। विभागीय कारबाहीका लागि सिफारिस गरिएका अन्यमा डीएसपी सुगन्ध श्रेष्ठ, प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सना, प्रहरी नायब निरीक्षक सुनील भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की र प्रहरी जवान सुनिता नेपाल छन्।

छानबिन गर्न गठित समितिले बुधबार बिहान प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समितिले ५५० पृष्ठ लामो प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्त कुँवरले  जानकारी दिए।

प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले साउन १९ गते घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब महानिरीक्षक वसन्त लामाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको थियो। काठमाडौंका चारवटै प्रश्न पत्र र बाहिर एउटा प्रश्न पत्र आउट भएकाले संलग्नलाई कारबाही गर्न, पुनः परीक्षा गर्न र यस्तो परीक्षामा विगतमा पनि यस किसिमका घटना भएको देखिएकाले अझ व्यवस्थित गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। 

साइबर ब्युरोमा कार्यरत हवल्दार शाहको योजनामा यूएन शाखामा कार्यरत परिचर बमलाई प्रयोग गरेको खुलेको थियो। परीक्षा सञ्चालनको जिम्मेवारी तोकिएका उनीहरूले प्रश्नपत्रको सुरक्षा गर्न नसकेको समितिको प्रतिवेदनमा उल्लेख छ।

यूएन शाखाको लापरबाहीका कारण प्रश्नपत्र बाहिरिएको ठहर गर्दै समितिले यसअघि पनि यस्तो लापरबाही हुने गरेको निष्कर्ष निकालेको छ।अनुसन्धान समितिले परीक्षामा सहभागी ८ जनालाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरेको छ।  यही साउन १५ र १६ गते शान्ति मिसनका लागि छनोट परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा २४ सय जना परीक्षार्थी सहभागी थिए।

याे पनि

प्रकाशित: Aug 11, 2021| 12:30 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।