काठमाडौं- प्रहरी बढुवा सिफारिस समितिले ११ जना एसएसपीको नाम डीआर्इजीका लागि सिफारिस गरेको छ। शनिबार साँझ बसेको बैठकले ११ जना डीआर्इजीका लागि नाम छनोट गरेको हो।
सिफारिस गरिएको नाममा एक नम्बरमा एसएसपी विनोद शर्मा घिमिरे परेका छन्। दोस्रो नम्बरमा विकास श्रेष्ठमा छन् भने तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवालीको नाम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४