शनिबार, कात्तिक ८, २०८२

यूएईविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

Kumaribank

कीर्तिपुर मैदानमा टस जितेको नेपालले पहिला ब्याटिङ रोजेको हो। नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। ललितनारायण राजवंशी र गुलशन झालाई टोलीमा समेटेको छ।

नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित यो शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो। नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल ५ पटक र यूएई ६ पटक विजयी भएको छ।

कीर्तिपुर मैदानमा भएका तीन खेलमा नेपालले २ वटामा जितेको छ। नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अङ्ककासाथ पाँचौँ स्थानमा छ। अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्ककासाथ चौंथो स्थानमा छ। नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अङ्ककासाथ चौंथो स्थानमा उक्लिनेछ।

आज जितेमा बाँकी दुई खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता कायम हुनेछ। यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अङ्क छ। यूएई छैटौँ स्थानमा छ। नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। यूएई शीर्ष तीनबाट बाहिरिएको छ।

Metro Mart

प्रकाशित: Mar 12, 2023| 09:25 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।