शुक्रबार, फागुन १, २०८२

यूएईसँग खेल्दै नेपाल, जिते एकदिवसीय मान्यता पक्का

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज आइतबार घरेलु टोली नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।

National life

बिहान ९:३० बाट टियू मैदान कीर्तिपुरमा हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ। यो खेल जितेमा नेपालले दुई खेलअगावै आगामी ४ वर्षका लागि एकदिवसीय मान्यतालाई कायम राख्नेछ। साथै विश्वकप छनोटको आशा पनि जिवित रहनेछ।

यूएईलाई पराजित गरेमा नेपाल अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लिने छ। नेपालसँग पराजित भएको खण्डमा युएईको भने एकदिवसीय वरीयता यसै सिरिजबाट जोगिने सम्भावना समाप्त हुनेछ।

नेपाल पछिल्लो समय उच्च लयमा छ। छोटो समयमै एकपछि अर्को खेलमा खेलाडीको अब्बल प्रदर्शन देखिएको छ। पछिल्ला ९ मध्य ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा लगातार पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ। साथै नेपालले सबैजसो खेलमा २ सयभन्दा माथिको लक्ष्य सहज रुपमा पूरा गरेको छ।

नेपालले यूएईविरुद्ध ११ एकदिवसीय खेल खेलेको छ, जसमा नेपाल ५ खेलमा जित निकाल्दा ६ खेलमा पराजित भएको छ। नेपालले लिग २ मा यूएईसँग चार खेल खेल्दा एक खेलमा मात्रै हारेको छ। 

Laxmi sunrise bank

जारी विश्वकप लिग-२ मा स्कटल्यान्ड सम्पूर्ण खेल खेल्दै ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दा ओमानले पनि सबै खेल खेल्दै ४४ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकप छनोटमा सोझै स्थान बनाइसकेको छ। नामिबिया भने ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ। बाँकी सबै खेल जितेमा नेपालले उसलाई पछि पार्छ।

अमेरिका पनि लिग-२ का सबै ३६ खेल खेलेर ३५ अंकका साथ चौथो स्थानमा छ। उसको विश्वकपमा सोझै छनोटको सम्भावना सकिए पनि एकदिवसीय वरीयता कायम राख्नका लागि युएईको कम्तिमा एक हार चाहिन्छ। यदि युएईले बाँकी सबै तीन खेल जितेमा र नेपालले पिएनजीसँगको १ खेल जितेमा अमेरिकाको एकदिवसीय वरीयता यो सिरिजमा जोगिने छैन। 

नेपाल ३३ खेलमा ३४ अंकका साथ पाँचौं स्थानमा छ। नेपालसँग विश्वकपको सोझै छनोटसँगै एकदिवसीय वरीयता जोगाउने दुवै सम्भावना कायम छन्। नेपालले आइतबार युएईलाई हराएमा अमेरिकाको पनि एकदिवसीय वरीयता जोगिने छ।

यूएईको ३३ खेलबाट ३१ अंक रहेको छ। उ अङ्क तालिकाको छैटौं स्थानमा रहेको छ। पपुवा न्युगिनी ३४ खेलमा ११ अंक जोड्दै पुछारमा छ। उसलाई जित या हारले लिगमा कुनै अर्थ राख्ने छैन्।

प्रकाशित: Mar 12, 2023| 07:47 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।