बुधबार, साउन ६, २०८३

के छापे आजका राष्ट्रिय दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले  विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
चाडपर्वको मुखमा महँगी बढेको विषयलाई आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ भने सुदुरपश्चिमका किशोरी र महिलाहरु आत्मारक्षाका लागि तालिम लिन थालेको विषयलाई विशेष महत्वका साथ छापेको छ ।

धनगढी रंगशालमा भइरहेको अभ्यासमा एक हजार भन्दा बढि किशोरी, युवती र महिलाहरुको सहभागितमा रहेको छ। मुलुकमा दिनप्रतिदिन बढिरहेको बलात्कार तथा महिला हिंसाका घटनालाई लक्षित गरि तालिम सञ्चालन गरिएको समाचारमा उल्लेख छ । 

कान्तिपुर दैनिकले भने संसदीय समिति पिच्छे एउटै विषयमा फरक फरक निर्देशन दिने गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । प्रकाशित समाचारअनुसार संसद्मा समितिबीच चर्चामा रहेका इस्युमा कसले पहिला छलफल चलाउने भन्ने होडबाजी देखिएको छ । उनीहरु कार्यक्षेत्र मिचेर सरकारलाई निर्देशन दिइरहेका छन् ।  एउटै विषयमा फरक फरक निर्देशनले कार्यान्व्यन गर्नुपर्ने निकाय रनभुल्लमा परेको समाचारमा उल्लेख छ । 

यस्तै कान्तिपुर जुवाको अखडामा प्रहरी छापा मार्दा भाग्ने क्रममा दुई जनाको मृत्यु भएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । कागेश्वरी मनोहरा ७ स्थित टेन्डु शेर्पाको घरमा छापा मार्न प्रहरी टोली पुग्दा प्रहरीसंग बच्न भाग्ने क्रममा दुई जनाको मृत्यु भएको हो । घरको तेस्रो तलाबाट हामफालेर सरोज घले र सोमलाल तामाङको मृत्यु भएको कान्तिपुरले उल्लेख गरेको छ । 

आजको अन्नपूर्ण पोस्ट्ले पैदल मार्गबाट अमेरिका जाने क्रम अझै नरोकिएको विषयलाई विशेष महत्वका साथ छापेको छ । १२ देखि १६ मुलुक पार गरेर अमेरिका पुग्ने गरेको र प्रतिब्यक्ति ३० देखि ७५ लाख अबैध खर्च हुने गरेको समाचारमा उल्लेख छ । पछिल्लो १५ वर्षमा करिब ४ हजारको बाटोमै मृत्यु भएको अन्नपूर्णले लेखेको छ । 

नयाँ पत्रिकाले भने  स्थानीय ढुकुटीमा डोजरको ज्यादती शीर्षकमा मुख्य समाचार छापेको छ । अधिकांश स्थानीय तहको सबैभन्दा पहिलो प्राथमिकतामा सडक परेका छन् । तर, त्यसको डिजाइन इन्जिनियरले नभइ जोडर अप्रेटरले गर्दा बाटो कमसल त बनेको त छ नै पैसा पनि चाहिने भन्दा बढि सकिरहेको नयाँ पत्रिकाले लेखेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।