बिहीबार, साउन ७, २०८३

बुंगमतीको मौलिकता जोगाउने गरी पुर्ननिर्माण गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याइने बताउका छन् । 

शनिबार आयोजित कार्यक्रममा ज्ञवालीले सम्पदा बस्तीभित्रका घरहरु मौलिक शैलीमा पुनर्निर्माण गर्दा प्रति घर ५० हजार रुपैयाँ थप रकम प्राप्त हुने प्राधिकरणको पछिल्ला निर्णयबारे जानकारी गराएका थिए। सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार निर्माणमा पनि प्राधिकरणले सहयोग गर्ने पनि ज्ञवालीले बताए । 

अघिल्लो कार्यकालमा प्रधानमन्त्रीलाई बुंगमती ल्याएर यसको गुरुयोजना अनावरण गराएको स्मरण गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा उक्त गुरुयोजनाअनुसार पुनर्निर्माण सम्पन्न गरेर प्रधानमन्त्रीबाट उद्घाटन गराउने आफ्नो इच्छा रहेको बताए । 

सम्पदा बस्तीको महत्वबारे आफ्नो धारणा राख्दै ज्ञवालीले भने, “बुंगमतीको मौलिक रुपमा पुनर्निर्माण गर्दा यहाँ ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक ल्याउन सकिन्छ जसले जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ ।”

कार्यक्रममा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पम्फा भूसालले बुंगमतीलाई समेत समेटेर एउटा सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना सुनाउँदै बंगमतीको मौलिक पुनर्निर्माणका लागि आफनो तर्फबाट सबै खालको पहल गर्ने बताइन् । 

बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद्को प्रथम बार्षिक साधारण सभाको कार्यक्रममा सांसद भुसालले भनिन्, “कला, संस्कृति र सम्पदाको संरक्षणबाट नै यस क्षेत्रको संबृद्धि संभव छ ।”

तीन नम्बर प्रदेशसभाका सांसद जीवन खड्काले प्रधानमन्त्रीद्धारा बुंगमती पुनर्निर्माणको गुरुयोजना अनावरण गरिएकोले त्यसलाई सफल पार्न स्थानीयको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद्का अध्यक्ष प्रेमभक्त महर्जनका अनुसार बुंगमती क्षेत्रमा ८०५ जनाले निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेकोमा ५९३ जनाले पहिलो किस्ता लिएका छन् । तर, घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भने निकै कम छ । 

महर्जनका अनुसार भूकम्प प्रभावित लाभग्राहीले नक्सा बनाउन नसक्नु, सम्पदा क्षेत्र भएका कारण पास गर्न कठीनाई हुन, भोगचलनको समस्या तथा घरजग्गा दर्ता नहुनु आदि रहेको बताए । 

पुनर्निर्माणको महाशुभारम्भ कार्यक्रमअन्तर्गत २०७२ माघ २ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले युएन ह्याबिट्याटले निर्माण गरेको बुंगमती गुरुयोजनाको नक्सा अनावरण गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।