मंगलबार, साउन ५, २०८३

बंगबन्धु गोल्डकपमा नेपालको यात्रा समाप्त  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा साबिकको विजेता नेपाल राष्ट्रिय फुटबल टोलीको यात्रा समाप्त भएको छ । समूह चरणको दोस्रो खेलमा प्रतियोगिताकै दाबेदार मानिएको प्यालेस्टाइनसँग १-० गोल अन्तरले पराजित हुदै नेपालको यात्रा समाप्त भएको हो । 

खेलको एकमात्र गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले  दोस्रो हापफमा गोल खान पुग्यो । प्यालेस्टाइनका लागि खेलको एक मात्र निर्णायक गोल मोहमद अलिविसादले गरेका थिए । उनले खेलको ७० औं मिनेटमा गोल प्यालेस्टाइनको जित पक्का गरे । 

शुरुवाती समय देखिनै आक्रमक देखिएको प्यालेस्टाइनले पहिलो हाफमा केहि अवसरहरु गुमाउन पुगेको थियो । खेलको १६ औं र २२ औं मिनेटमा प्यालेस्टाइनी खेलाडीले गोल पोस्टमा गरेको प्रहार रोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै  बिफल पारि दिएका थिए ।

नेपालले पनि पहिलो हाफमा केहि मौक खेर फालेको थियो । नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग २-० गोलले पराजित भएको थियो । यस समूहबाट प्यालेस्टाइन र ताजकिस्तानले सेमिफाइनलमा स्थान बनायो ।

नेपाललाई दोस्रो चरणमा स्थान बनाउन प्यालेस्टाइनविरुद्ध फराकिलो जित निकाल्नु पर्ने थियो । यस हारसँगै नेपाल समूहमा जित बिहिन हुदै समूहको पुछ्छारमा रहदै प्रतियोगिताबाट बाहिरिएको हो । 

सन् २०१६ को बंगबन्धु गोल्ड कप जितेको नेपालले यसपटक अन्तिम समयमा मात्र सहभागिता जनाउने निश्चित गरेको थियो । विजेता बनेपछि प्राप्त हुनुपर्ने ५० हजार अमेरिकी डलरमध्येको आधा बंगललादेश फुटबल संघले केहि दिन अघि मात्र पठाएपछि नेपालको सहभागिता निश्चित भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।