मंगलबार, साउन ५, २०८३

कक्षा ११ को परीक्षाफल प्रकाशित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ परीक्षाफल सार्वजनिक गरेको हो । अक्षंराङ्कन पद्धति (ग्रेडिङ)मा आधारित परीक्षाफल प्रकाशन गरेको बोर्डले जनाएको छ । 

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार आठ सय सय ९१ जना विद्यार्थी सहभागी थिए । त्यस्तै आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार पाँच सय पाँच जना सहभागी रहेको बोर्डले जनाएको छ । 

परीक्षामा सहभागी मध्ये नियमिततर्फ एक हजार एक सय ४५ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए ल्याएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । शर्माका अनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या आठ हजार नौ सय ४९ छ।

त्यस्तै २४ हजार पाँच सय १५ विद्यार्थीले जीपीए २.८१ देखि जीपीए ३.२० ल्याएका छन् । ४८ हजार ७ सय ३२ जनाले २.४१ देखि २.८० जीपीए प्राप्त गरेको पनि शर्माले बताए ।

२.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार सात सय ७० छ । ९२ हजार ५ सय ९३ परीक्षार्थीले १.६१ देखि २.०० जीपीए पाएका छन्। १.२१ देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४१ हजार चार सय ६ जना र ०.८१ देखि १.२० जीपीए प्राप्त गर्ने विदार्थीको संख्या आठ हजार एक सय २७ रहेको छ । ०.० देखि ०.८० जीपीए पाउने विद्यार्थीको संख्या २० हजार ६ सय ८५ छ ।

त्यसै गरी आंशिकको अंक पद्धति अन्तगत परीक्षा लेख्ने ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत वैशाख ३० देखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।