काठमाडौं– आईसीसी विश्वकप लिग टुको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) का तीन खेलाडीले अर्धशतक बनाएपछि उसले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको हो। यूएईका दुवै ओपनर र तेस्रो नम्बरमा मैदान छिरेका सेसे बाउले अर्धसतक बनाएका हुन्।
ओपनर किप्लन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्का साथ ५५ रन बनाएका थिए। त्यस्तै, अर्का ओपनर हिरी हिरीले ५ बलमा ७७ रनको योगदान दिएका थिए। सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा ८१ रन बनाए । त्यसपछि मैदान छिरेका कप्तान आसाद भाला र चार्ल्स अमिनी र रिले हेकुरे भने सस्तैमा समेटिएका छन्। उनीहरूले क्रमशः ०, ४ र १ रन मात्र बनाउन सके।
यूएईका लागि युएईका लागि आयान खानले तीन विकेट लिएका छन्। त्यस्तै, जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए। कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १–१ विकेट लिए। १ सय ९५ रनमा ४ विकेट मात्र गुमाएको पीएनजीले थप ५१ रन बनाउँदा ५ विकेट गुमाएको थियो।