काठमाडौं- काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल पपुवा न्युगिनी (पिएनजी) र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा यूएई र पिएजीको खेलमा तीन खेलाडीले अर्धसतक बनाएका छन्।
यूएईका दुइे ओपनर र तेस्रो नम्बरमा मैदान छिरेका सेसे बाउले अर्धसतक बनाएका हुन्। ओपनर किप्लन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्का साथ ५५ रन बनाएका थिए।।
त्यस्तै, अर्का ओपनर हिरी हिरीले ५ बलमा ७७ रनको योगदान दिएका थिए। सेसे बाउले पनि अहिलेसम्म ८ बलमा नटआउट ६४ रन बनाइसकेका छन्।
त्यसपछि मैदान छिरेका कप्तान आसाद भाला र चाल्र्स अमिनी र रिले हेकुरे भने सस्तैमा समेटिएका छन्। उनीहरूले क्रमशः ०, ४ र १ रन मात्र बनाउन सके। युएईका लागि आयान खानले तीन विकेट लिएका छन्।