मंगलबार, साउन ५, २०८३

नक्कली नागरिकता बनाउन खोज्ने तीनजना प्रहरी फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नक्कली नागरिकता बनाउन खोज्ने तीनजनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अंसारी, जनकपुरधाम–१४ रजौल बस्ने ५५ वर्षीय मन्जुर अंसारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सीतामढी कोरियाहीका तसिफ मन्जुरको साला रहेको प्रहरीले जनाएको छ । मन्जुरले आफ्ना साला र श्रीमतीको भाइ नातापर्ने तसिफलाई छोरा भनि नेपाली नागरिकता दिने तयारी गरेका थिए ।

मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाको आधारमा प्रहरीले खानतलाशी गरेको थियो । खानतलाशीको क्रममा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

पक्राउ परेका तीनैजनलाई हिरासतमा राखी यसपूर्व पनि नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहे नरहेको बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।