बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ब्लड क्यान्सर पीडित बालकुमारीको उपचारमा हिल नेपालद्वारा ९३ हजार सहयोग

ब्लड क्यान्सर पीडित बालकुमारीको उपचारमा हिल नेपालद्वारा ९३ हजार सहयोग

कतार च्यारीटीको सहयोगमा हिल नेपालले उपलब्ध गराएको उक्त रकम सामाजिक अभियन्ता तथा मिडियाकर्मी बुद्धि कटेलले अस्पतालमा हस्तान्तरण गरे।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- ब्लड क्यान्सर पीडित बालकुमारी जोगीको उपचारका लागि सामाजिक संस्था हिल नेपालले ९३ हजार ३०० रुपैयाँ सहयोग गरेको छ। उपचारमा खर्च अभाव भएको भन्दै श्रीमान् खेमबहादुर जोगीले सहयोगको लागि अपिल गरेपछि उनलाई सहयोग हिल नेपालले आर्थिक सहयोग गरेको हो। 

कतार च्यारीटीको सहयोगमा हिल नेपालले उपलब्ध गराएको उक्त रकम सामाजिक अभियन्ता तथा मिडियाकर्मी बुद्धि कटेलले अस्पतालमा हस्तान्तरण गरे।

हिल नेपालका सचिव ईश्वर दुलालले औषधि र उपचार नरोकयोस् भने सहयोग गरेको बताए। ठूलो धनराशि खर्च हुने रोगको उपचारका लागि आफूहरुले सानो रकम सयहोग गरेको र अरुलाई पनि सहयोग गर्न प्रेरित गरोस् भन्ने उद्देश्य रहेको बताए। 

उपचार गराइरहेकी २८ वर्षीया जोगीको उपचार प्रभावकारी हुँदै गएको डाक्टरले बताएका छन्। तर अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋण गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेम बहादुरले बताए।

कटारी- १३, मयाँखु, उदयपुरका खेमबहादुर दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए। श्रीमतीसहित १३ र ११ वर्षका दुई सन्तान गाँउमै थिए। असारको अन्तिम साता बालकुमारीको दाँतबाट रगत आउने समस्या देखिएपछि काठमाडौं ल्याई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा उपचार गराउन लगिएको थियो। पछि निजामती अस्पताल रिफर भएकी उनमा ब्लक क्यान्सर देखिएको थियो। उनको साउन एक गतेदेखि निजामती अस्पतालमा उपचार भइरहेको छ।

बालकुमारीको उपचारमा सहयोग गर्न ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैंकमा जम्मा गर्न सकिनेछ। 

प्रकाशित: Aug 11, 2021| 11:36 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।