बुधबार, साउन ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘जनकपुर अस्पतालको नाम लक्ष्मीनारायण झा अस्पताल राखौं’

‘जनकपुर अस्पतालको नाम लक्ष्मीनारायण झा अस्पताल राखौं’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर अञ्चल अस्पताललाई डा. लक्ष्मीनारायण झाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका छन्।

मुलुकमा गणतन्त्रका लागि संघर्ष गरेकै कारण तत्कालीन पञ्चायती सरकारले डा. झालाई बेपत्ता बनाएको थियो। पेशाले सर्जन रहेका धनुषाको डेवडिहा निवासी झाको अवस्था अझै अज्ञात छ।

नेपाल रेडक्रस सोसाइटी जनकपुरले शुरु गरेको ‘ब्लड कम्पोनेन्ट सर्भिस’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति निधिले पेशागत र राजनीतिक रूपमा पनि डा. झाको योगदान बिर्सन नसकिने बताए।

विभिन्न अस्पतालको नामाकरण राजनीतिज्ञहरूको नाममा भइरहेको निधिले उल्लेख गरे। उनले भने, ‘झाको नाममा नामाकरण गर्दा उहाँलाई सम्मान हुनेछ।’

अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा रूपान्तरण गरिने सोच रहेको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए। निधिले भने यसलाई अझ स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए।

धनुषाको नगराइन नगरपालिकाले ‘ब्लड कम्पोनेन्ट सर्भिस’ सञ्चालन गर्न उपकरण खरिदमा जनकपुर रेडक्रसलाई आर्थिक सहयोग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।