आइतबार, मंसिर २८, २०८२

पपुवा न्युगिनीविरुद्ध नेपालको जित

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले ५२ रनको जित निकालेको छ। 

National life

बिहान साढे ९ बजे सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर एक बल खेल्दै सबै विकेट गुमाएर २९७ रन बनाएर २९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा पपुवा न्युगिनी ४७ ओभर एक बल खेल्दै २४५ रनमा अल आउट भएपछि नेपालले ५२ रनको जित निकालेको हो।

दोस्रो पारीमा नेपालका लागि सन्दीप लामिछानेले चार र दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन्। त्यस्तै, कुशल मल्लले एक विकेट लिँदा एली नाओ र किप्लन डोरिगो रनआउट भएका थिए।

आज नेपालले ठूलो लक्ष्य दिने क्रममा ओपनर आसिफ शेखले सतक प्रहार गरेका छन्। उनले ११० बलमा सयको स्ट्राइक रेट राख्दै सतक ११० रन बनाएका थिए।

त्यसपछि उनी कमियाको बलबाट आउट भएका थिए। अर्को ओपर कुशल भुर्तेल भने अर्धसतक बनाउन बाट पाँच रनले चुके। उनले चाहिँ ५६ बलमा ४५ रन बनाएका थिए।

Laxmi sunrise bank
kumari

कुशल मल्ल दुई रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले ११, दिपेन्द्र सिंह ऐरीले ७, करण केसीले ८ र आसिफ शेखले १५ रन बनाएका छन्। आजको खेलमा रोहित पौडेलले ३० र भीम सार्कीले ३८ रन बनाएका थिए।

खेलमा सेमो केमियोले पाँच र रिले हेकुरेले तीन विकेट लिएका थिए भने दिपेन्द्र रनआउट भए। ऐली नाओले पनि एक विकेट लिएका थिए।

जवाफमा पपुवा न्युगिनीका टोनी उराले ५०, डोरिगाले २६ र कप्तान आसाद भालालो ४२ रन बनाएर आउट भए। अन्तिममा नर्मन भाउनाले ५९ र हेकुरेले २० रन बनाएका थिए। ४७ ओभर एक बलमा भाउना रनआउट भएपछि नेपालले ५२ रनको जित निश्चित गरेको हो।

प्रकाशित: Mar 09, 2023| 16:43 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।