शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लाइफब्वाइ बन्यो आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को हाइजिन पार्टनर

लाइफब्वाइ बन्यो आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को हाइजिन पार्टनर

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

युनिलिभर नेपालको उतपादन लाइफब्वाईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पुरुष क्रिकेट विश्वकप लिग दुई प्रतियोगिताका लागि आधिकारिक हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको छ।

Kumaribank

अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुन गइरहेको खेलका लागि खेलकुदमा स्वच्छता र सरसफाइ प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यसहित हाइजिन पार्टनरका रूपमा लाइफब्वाईले संयोजन गरेको हो। 

कम्पनीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को टुर्नामेन्टको अवधिभर हात स्वच्छताका बारेमा जागरुकता प्रदान गर्ने जनाएको छ। कम्पनीले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र आगामी सफलताका लागि शुभकामना व्यक्त गरेको छ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ आइसिसीले आयोजना गरेको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो। दुबईमा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पिएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो। 

प्रकाशित: Mar 09, 2023| 16:37 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।