काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विजया दशमीकै पावन अवसरमा पार्टी एकता हुनेगरि प्रयास भइरहेको बताएका छन् ।
सम्पर्क समाज समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बडादशैं, शुभ दीपावली, छठ लगायतका नेपाली पन र पहिचान झल्काउने पर्वहरुको साथै नेपाली संस्कृतिको संरक्षण र सम्बर्धनमा राप्रपा निरन्तर रुपले क्रियाशिल रहेको बताए।
विजया दशमीको अवसरमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुको बारेमा चर्चा गर्न उपस्थित नेता तथा कार्यकताहरुलाई उनले आग्रह पनि गरेका छन् ।
नेपाली संस्कृतिमा सदियौंदेखि स्थापीत मानीएको घटस्थापना जस्तो पवित्र दिनलाई पनि सरकारले सार्वजनिक विदा कटौति गरेकोमा आपत्ती जनाउँदै अध्यक्ष थापाले राप्रपाकै पहलमा कुनै दिन घटस्थापना जस्तो ऐतिहासिक महत्वको दिनलाई सार्वजनिक विदा दिलाएरै छाड्ने प्रतिवद्धता जनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४