मंगलबार, साउन ५, २०८३

आचार्यको ‘उपहार’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पत्रकार चेतनाथ आचार्यको पाँचौं कृति ‘उपहार’ कथा संग्रह शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गर्नु भएको उक्त कृतिमा आठवटा कथा समेटिएका छन् । 

नेपाल चीन सम्बन्ध र चीनका नेपाल सरोकारका विषयमा नेपाली सञ्चारमाध्यमहरुमा नियमित रुपमा लेख्दै आएका पत्रकार आचार्यको कथा कृति उपहार माथि समिक्षा गर्दै संस्कृतिविद् जोशीले भाषा र साहित्यका माध्यमबाट देशलाई चिनाउने कामको उच्च मूल्यांकन हुने बताए ।

समालोचक प्रा. राजेन्द्र सुवेदी र कथाकार माया ठकुरीले कथाकारले उक्त कथासंग्रहमा समेटेका कथाहरु उच्च कोटीका रहेको र यसले समसामयिक साहित्यमा विशिष्ट स्थान ओगट्ने बताए ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआआई)को नेपाली सेवामा कार्यरत पत्रकार आचार्यको उपहारका भाषा सम्पादक समेत रहनु भएका लक्ष्मी पराजुली, सीआरआईकी नेपाली सेवा प्रमुख “बर्षा”लगायतले कृति र कृतिकारका बारेमा टिप्पणी गरे । मकालु प्रकाशन गृहद्वारा प्रकाशित उक्त कथा संग्रहको विमोचन सोही प्रकाशनका प्रोप्राइटर बासुदेव ढकालको अध्यक्षतामा भएको थियो ।

इलाममा जन्मिएका कथाकार आचार्यले यस कथा संग्रहमा संग्रहीत कथाहरु इलामको ग्रामिण परिवेशका यथार्थ र मौलिक शैलीमा लेखेका छन् । यस अघि उनका दुईवटा कथा संग्रह ‘रित्तो कोठाको तस्विर’ र ‘बुद्धको उपहार’ तथा दुईवटा  संस्मरणात्मक संग्रहहरु ‘मेरो आँखामा चीन’ र ‘चीन चियाउँदा’ प्रकाशित छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।