आइतबार, असार १४, २०८३

महिला यू १७ साफ खेल्ने नेपालको टिम सार्वजनिक

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू १७ महिला च्याम्पियनसिप २०२३ का लागि राष्ट्रिय महिला टोलीको अन्तिम टोली घोषणा गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ।

National life

मुख्य प्रशिक्षक भगवती राना मगरले नेपालको लागि अन्तिम टोली प्रारम्भिक टोली घोषणा गरेकी हुन्। राणाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो। त्यसैले उनले यू १७ को टोली सम्माल्ने जिम्मा पनि पाएकी छन्।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्राम अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ।  यो प्रतियोगितामा एन्फाले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ ​​र २ गते पाँच दिन खुला छनोटको आयोजना गरेको थियो।

नेपालको अन्तिम टोली

गोलकिपरः सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी

Shivam cement

डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु चाबेगु

मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्डः दीपा रोकाया, वर्षा ओली, सेनु परियार

प्रकाशित: Mar 09, 2023| 14:05 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।