कामठमाडौं– काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको अहिले जारी खेलमा नेपालले २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिहान साढे ९ बजे सुरु भएको खेलमा टस हारेर ब्याटिङकमो निम्तो पाएको नेपालले पुरा ओभर खेल्दै २९७ रन बनाएर २९८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
यसअत्रि त्रिवि क्रिकेट मैदानको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कहिल्यै पनि ३०० रन वा सोभन्दा ठूलो लक्ष्य भएको थिएन। अन्तिम ओभरमा यो कोसेढुंगा पुग्न तीन रनमात्र टाढा भएको अवस्थामा नेपाल अलआउट भएको छ। यद्यपी यो मैदानमा ठूलो लक्ष्यका हिसाबले कीर्तिमान बनेको छ।
यसअघि नेपालले लक्ष्य पुरा गर्ने क्रममा २८७ रन बनाएको थियो। त्यो नै अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयमा बनाएको सबैभन्दा ठूलो लक्ष्य थियो। आज नेपालले ठूलो लक्ष्य दिने क्रममा ओपनर आसिफ शेखले सतक प्रहार गरेका छन्। उनले ११० बलमा सयको स्ट्राइक रेट राख्दै सतक ११० रन बनाएका थिए।
त्यसपछि उनी कमियाको बलबाट आउट भएका थिए। अर्का ओपर कुशल भुर्तेल भने अर्धसतक बनाउनबाट पाँच रनले चुके। उनले चाहिँ ५६ बलमा ४५ रन बनाएका थिए।
कुशल मल्ल दुई रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले ११, दिपेन्द्र सिंह ऐरीले ७, करण केसीले ८ र आसिफ शेखले १५ रन बनाएका छन्। आजको खेलमा रोहित पौडेलले ३० र भीम सार्कीले ३८ रन बनाएका थिए।
खेलमा सेमो केमियोले पाँच र रिले हेकुरेले तीन विकेट लिएका थिए भने दिपेन्द्र रनआउट भए। ऐली नाओले पनि एक विकेट लिएका थिए।