मंगलबार, साउन ५, २०८३

पूर्व प्रहरी महानिरिक्षक खरेलको पुस्तक विमोचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-प्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती) लाई हस्तान्तरण गर्दै पूर्व प्रहरी महानिरिक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिबार बिमोचित भएको छ ।

प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लबमा आयोजित समारोहमा विमोचनअघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गर्दै पुस्तक लेख्नुपर्नाको कारण खुलाएका थिए ।

‘जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै महत्वपूर्ण घटना हुन् जसमा म प्रहरी अधिकृतका रुपमा सक्रिय रहेँ,’ संवादमा खरेलले भने, ‘यी ऐतिहासिक घटनामा मैले देखे–भोगेका तथ्यहरुलाई इमान्दारिपूर्वक सबैका सामू पेश गरेको हुँ ।’

पुस्तकको सुरुवातै माओवादीको दुनै आक्रमणबाट भएको छ जसका कारण खरेलले प्रहरी प्रमुखबाट राजीनामा दिनुपरेको थियो । त्यसअघि पनि उनी दोश्रोपटक आइजीपी नियुक्त गरिएको थियो ।

‘नेपाल प्रहरीको इतिहासमै दुइपटक आइजीपी हुने एक्लो ब्यक्ति पनि म मात्रै हुँ,’ खरेलले भने, ‘यो सब किन र कसरी भएको थियो भन्ने यथार्थ विवरण नराखिदिँदा अरु कसैले गलत ब्याख्या नगरिदिउन् भन्ने हिसाबले पनि किताब लेखेको हुँ ।’ मुलुकमा खुलापनसँगै विभिन्न संगठनहरुमा भएका राजनीतिकरणले गर्दा ती संगठनहरु ‘प्यारालाइज’ हुँदैगएको समेत उनले बताए । पछिल्लो समय संगठनमा आफूभन्दा व्यावसायिक र तालिमयुक्त अधिकृतहरु हुँदाहुँदै पनि अति राजनीतिकरणकै चपेटामा परेर संगठनको कार्यक्षमतामै प्रश्न चिन्ह उठ्दै गएको उनले प्रष्ट पारे ।

आफू सक्रिय रहेको कालखण्डमा मुलुकले भोगेका घटनाहरुको बास्तविकताले सदैव उकुसमुकुस बनाएको र यो पुस्तक सार्वजनिक गरेपछि बल्ल आफूले हल्का महशुस गरेको पनि उनले उल्लेख गरे । ‘पुस्तकमा यथार्थ राख्न खोज्दा कतिपयलाई नमिठो लाग्ने सन्दर्भ आएको हुनसक्छ,’ खरेलले भने, ‘मुलुक र संगठनले भोगेका घटना दर्शाउँदै आगामी पुस्तालाई सजग बनाउन इमान्दार हुनुपरेको हो ।’ आफ्नो कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नरहेको पनि उनले प्रष्ट पारे ।
 
खरेल कुनै समय नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन् । फुटबल खेल्ने मोहले गर्दा नै नियतिले डोर्याएर आफू प्रहरी बन्न पुगेको र कर्मले आइजीपीसम्म पुर्याएको उल्लेख गरे ।‘एउटा खेलाडी जहिले पनि अनुशासित मात्र होइन विषम परिस्थितीसँग लड्ने, कहिल्यै हरेस नखाने र जस्तै प्रतिकूल परिस्थितीमा पनि जितेरै छाड्ने मनोबलले डटिरहेको हुन्छ,’ उनले भने, ‘खेलकूदबाट पाएको त्यही ज्ञानले मलाइ जहिल्यै डटेर परिस्थितीको सामना गर्न सिकाएको थियो ।’

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले मुलुकको महत्वपूर्ण घटनाक्रमका साक्षी खरेलको अनुभव नयाँ पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने उल्लेख गरे । खरेलसँगको संवादअघि राजनीतिशास्त्री शर्माले पुस्तकको विश्लेषण गर्दै एउटा प्रहरी अधिकृतको जीवनी हुँदाहुँदै पनि यो समकालीन नेपाली राजनीति, नेतृत्व र समग्र नेपालको दर्पण बन्न पुगेको उल्लेख गरे ।

कार्यक्रममा द्वन्द्वका बेला ज्यान गुमाएका प्रहरीहरुको मृत्यु आफ्नो जीवनकै दुःखद् घटनाको रुपमा अथ्र्याइरहँदा खरेल भावुक बन्नपुगेका थिए । उनी बोल्दा बोल्दै अड्किए । कार्यक्रमको अन्त्यमा खरेलले यस पुस्तकबाट प्राप्त रकम अमर प्रहरीका परिवार र तिनका केटाकेटीको शिक्षादीक्षाका निम्ति प्रदान गर्ने जानकारी दिए ।

समारोहमा राजनीतिज्ञ, पूर्व मन्त्रीहरु, पूर्व सेनापति र प्रहरीका वर्तमान एवं अवकाशप्राप्त अधिकृतहरुको उल्लेख्य उपस्थिती थियो । ‘विभिन्न व्यक्तित्वहरुको जीवनी प्रकाशनकै क्रममा खरेलको यस पुस्तकले हाम्रो पब्लिकेशन्सलाई थप विविधतायुक्त बनाएको छ,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यस्ता जीवनीहरुले सम्वन्धित लेखक मात्र नभएर समग्र समाजको कथा भन्दै आएका छन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।