शनिबार, कात्तिक ८, २०८२

विश्वकप लिग-२ : पिएनजीविरुद्ध नेपालको राम्रो सुरुवात

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।

Kumaribank

टियू मैदान कीर्तिपुरमा जारी खेलमा पिएनजीका कप्तान असद भालाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गरेको हो। नेपालले १३ ओभरमा विना विकेटको क्षतिमा ७० रन पुरा गरेको छ। नेपालका लागि ओपनरद्वय आसिफ शेख ३७ तथा कुशल भुर्तेल ३६ रनमा अविजित छन्।

नेपालको पिएनजीसँग बलियो इतिहास भए पनि घरेलु मैदानमा पिएनजीले खेलेका दुवै खेलमा नेपाल पराजित भएको छ।

तर विश्वकप लिग-२ मा भने नेपाल पिएनजीसँग हारेको छैन। विश्वकप लिग-२ को शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई घरेलु सिरिजका सबै चार खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने चुनौती रहेको छ।

प्रकाशित: Mar 09, 2023| 10:43 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।