शनिबार, कात्तिक ८, २०८२

हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बेसडर बनिन् एन्जिला

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- हन्ड्रेड स्पोर्ट्सले फुटबलर एन्जिला तुम्बाप्पो सुब्बालाई ब्राण्ड एम्बास्डर बनाएको छ। बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो।

Kumaribank

हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर बनाएको हो। र सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ। 

साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ। 

हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा व्यवसायीक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए। कप्तान एन्जिलाले आफुले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास व्यक्त गरिन्। खेलकुदमा व्यवसायीकता ल्याउने उद्देश्यसहित खेलाडीसँग कमर्सियल अधिकारका लागि चार वर्षका लागि भएको यसलाई पहिलो सम्झौता मानिएको छ।

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक हरी खड्का, एन्फा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, एन्जिलाका अभिभावक प्रेमकुमार श्रेष्ठ, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ सहितले खेलाडी एन्जिलालाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रमलाई हन्ड्रेड स्पोर्ट्स टिमका उदय थापा, उदय अर्याल लगयातले समन्वय गरेका  थिए।

Metro Mart

प्रकाशित: Mar 08, 2023| 20:32 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।