शुक्रबार, फागुन १, २०८२

बृहत खेलकुदमा योङ्गीलाई स्वर्ण

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको गर्ल्स यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११–८, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरिन्। एभीएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेश्रो भए।

सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभीएमका आरिश शाक्य दोश्रो तथा एभीएमका कुशल र जयश्नु महर्जन तेश्रो बने।
गर्ल्स यु–१२ सिंगल्समा एभीएमकी श्रृया शाक्य पहिलो, एभीएमकै अर्सना महर्जन दोश्रो तथा मार्योकी सुरमाया शाक्य र एभीएमकी निर्भी श्रेष्ठ तेश्रो बने। यु–१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोश्रो तथा बसराका वचन विष्ट र सीवाइसीका निर्भाना वज्राचार्य तेश्रो भए।

प्रकाशित: Mar 08, 2023| 20:16 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।