शुक्रबार, भदौ १२, २०८३

ए डिभिजन लिगमा सातदोबाटो र हिमालयन शेर्पा विजयी

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सातदोबाटो युथ क्लबले  १–० को नतिजामा पराजित गरेको छ। च्यासल रंगशालामा भएको खेलको ५५औं मिनेटमा विलियम ओपोकुको निर्णायक गोलमा सातदोबाटो विजयी बन्यो।

एपीएफका गोलकिपर युया कुरियामा अगाडि बढेको समयमा ओपोकुले सेन्टर सर्कलबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोका इभान मेरितले हेडरमार्फत गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

जितसँगै सातदोबाटोले दुई खेलबाट ६ अंक जोडेको छ। पराजित एपीएफको तीन अंक छ। 

बुधबार नै दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई १–० को नतिजामा पराजित गरेको छ। अम्रित श्रेष्ठले इन्जुरी समयमा गरेको एक मात्र गोल टिमबा लागि निर्णायक बन्यो।

प्रकाशित: Mar 08, 2023| 17:54 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।