मंगलबार, साउन ५, २०८३

टी-२० विश्वकप छनोट : मलेसियामाथि नेपालको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-मलेसियामा जारी टी-२० विश्वकप छनोट अन्तरगत नेपाल राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

१ सय १ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १२.४ ओभर मात्र २ विकेट गुमाउँदै सहज जित निकालेको हो । नेपालका लागि कप्तान पारस खड्काले आक्रमक अर्ध शतकिय पारी खेले । सुरुवाती दुई ओभर सम्म रोकेर ब्याटिङ गरेका पारसले त्यसपछि आक्रमक ब्याटिङ गरेका थिए । 

दोस्रो ओभरमै ओपनर अनिल शाह १ रनमा पेभिलिएन फर्किएपछि पारस तेस्रो नंबरमा ब्याटिङ गर्न मैदानमा आएका थिए । उनले ३७ बलमा २ छक्का र ५ चौकार प्रहार गर्दै ५२ रनमा नट आउट रहे । छक्का हान्दै खेल जिताएका ज्ञानेन्द्र मल्लले पनि आक्रमक ब्याटिङ गरे । 

मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे । ओपनर विनोद भण्डारीले १२ रन बनाउन सके । मलेसियाका पवनदिप सिंह र सिजर्रल आइड्रसले समान एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा १ सय रन बनाउँदै अल आउट भएको थियो । पहलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै मलेसियालाई गतिलो सुरुवात दिलाए पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङ सामु निरिह सावित भए । 

मलेसियाका ओपनर सायिद अजिज १३ र शफिक शरिफले ४९ रन बनाउन बाहेक मलेसियाका कुनै पनि ब्याटम्यानले दोहोरो अंक छुन सकेन । नेपालका लापग सन्दिप लामिछानेले ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।