नवलपरासी- पूर्व पश्चिम राजमार्गअन्तर्गत भएका दुर्इ छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दाङको तुल्सीपुरबाट नेपालगन्जतर्फ गइरहेको माइक्रो बाँकेको ठुटे जंगलनजिकै विपरित दिशाबाट आइरहेको ट्रक ठोक्किदा ६ जनाको मृत्यु भएको हो।
शनिबार बिहान रा १ ख १६६२ नम्बरको माइक्रो र लु१ख ७७२९ नम्बरको ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।
घाइतेको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
बिहीबार बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो।
दुर्घटना परी बसमा सवार नौ घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बसमा सवार अन्य १६ यात्रु भने सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४