काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका निकट सहयोगी बताउने ठेकेदार मदनकुमार अधिकारीले सिँचाइ आयोजनामा नक्कली कागजात तयार गरेर पाँच करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलासा भएको छ।
झापाको सिद्धिखोला सिँचाइ आयोजना निर्माण गर्दा लुम्बिनी मैनाचुली कन्कार्इ जेभीका तर्फबाट सरकारी छाप कीर्ते गर्दै मदनले नक्कली कागजात तयार गरेर पाँच करोड भ्रष्टाचार गरेका थिए।
प्रयोग नै नभएको जनशक्तिको विवरण पेश गरी तलबभत्ता लिएको नक्कली भरपाइसमेत गराएको देखिन्छ। उनले झण्डै चार दर्जन जनशक्तिको नक्कली विवरण तयार गरेर मासिक तलबभत्ता माग गरेका छन्। निर्माणको क्रममा प्रयोग नै नभएको मेसिन औजारको पनि नक्कली कागजात तयार गरी खर्च लिइएको छ भने हुँदै नभएको कामसमेत थप गर्नुपरेको भनेर क्षतिपूर्तिसमेत लिएको जेभीका तर्फबाट पेश गरिएका कागजातबाट देखिन्छ।
कर्मचारीहरूको नक्कली विवरण तयार गरी रकम लिएको तथ्य टीडीएस जम्मा नभएको कागजातबाट पनि खुलासा भएको छ। भ्याट बिलहरू समेत झुटो पेश गरेको अनुसन्धानबाट खुल्न आएको छ। पाँच करोडको सेटिङ मिलाउनका लागि मदनकै एकल हस्ताक्षरबाट विभिन्न बैंकमा खाता सञ्चालन गरेकोसमेत देखिन्छ।
नक्कली कागजात मिलाउने काममा अदालतका पूर्वकर्मचारी स्याङ्जाका प्रेम कोइरालाले सहयोग गरेका थिए। सरकारी कार्यलयमा सेटिङ मिलाइदिएवापत कोइरालाले लुम्बिनी मैनाचुली कन्कार्इ जेभीका तर्फको चेकबाट मोटो कमिसनसमेत लिएको बैंकको स्टेटमेन्टबाट देखिन्छ।
कोइरालाले विभागदेखि अदालतसम्म सेटिङ मिलाएका थिए। नक्कली कागजात पेश गरी असुल गरिएको रकम फिर्ता गराउन अदालतमा मुद्दा दायार भए पनि अदालतलाई समेत प्रभावमा पारेर यसलाई अड्काइएको थियो। भ्रष्टाचारमा फसिने डरले स्वाभाविक अवधिभन्दा पहिले नै कोइरालाले जागिर छोडेका थिए र अहिले पनि उनको आर्थिक हैसियत बलियो छ।
यो भ्रष्टाचार प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी परेको छ। तर, राजनीतिक प्रभाव देखाएर उनले त्यहाँको छानविनलाई समेत प्रभावित गरेको स्रोत बताउँछ। मदनले अख्तियारमा पनि आफ्ना मान्छे भएकाले आफूलाई कसैले छुन नसक्ने बताउने गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई समेत चुनावमा सघाएको बताउँदै आएका छन्। आर्थिक प्रभाव देखाएर उनले श्रीमती गीता अधिकारीलाई दमकको उपमेयर बनाएका छन्।
लुम्बिनी मैनाचुली कन्कार्इ जेभी अख्तियारप्राप्त व्यक्तिले समेत मदनकुमार अधिकारीले नक्कली कागजात बनाएर पाँच करोडभन्दा बढी रकम भ्रष्टाचार गरेकाले उक्त रकम ब्याजसहित फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतको परिसरमा रहेको हुलाकमार्फत प्रमाणसहित पत्र पठाएका थिए। भ्रष्टाचारमा फसिने डरले उनले स्वाभाविक अवधिभन्दा पहिले नै जागिर छोडेका थिए। झापा घर भएका अधिकारीले अहिले पनि प्रधानमन्त्रीसँगको सम्बन्धको प्रभाव देखाउँदै ठेक्काको सेटिङ मिलाउने गरेका छन्। झापाको बिरिङ खोलामा पुल निर्माणका लागि आठ वर्षअघि ठेक्का लिएका मदनले अहिलेसम्म केही काम गरेका छैनन्।
मदनले जेभीको तर्फबाट पेश गरेका नक्कली कागजातहरू यस्ता छन् :


