सोमबार, जेठ २५, २०८३

पृथ्वी शाहविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

पृथ्वीबहादुर शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको एक हप्तामा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो। 

National life

अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो। उनीहरूविरुद्ध ब्युरोले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो।  

प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। सिआईबीले शाहलाई कम्तीमा साढे ११ वर्ष थुनामा राख्न मागदाबी लिनुपर्ने राय प्रतिवेदन दिएको छ। शाहबाट ठगिएका अमेरिकी नागरिकलाई क्षतिपूर्ति दिलाउन र आरोपीहरूलाई जरिवाना हुनुपर्ने पनि ब्युरोको ठहर छ।

शाहले ठगी गरेर ४६ लाख अमेरिकी डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी  ६५ करोड नेपाल भित्र्याएको अनुसन्धानको निष्कर्ष छ। ब्युरोले गरेको अनुसन्धानबाट शाहले ४४ जना अमेरिकी नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ। २४ जना अमेरिकीले शाहबाट ठगिएको जाहेरी दिएका छन्। पीडित अमेरिकी नागरिकले इमेल गरेर सिआईबीमा जाहेरी पठाएको बताइएको छ।

शाहको समूहलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माको संरक्षण रहेको थियो। शर्माले नेपाल राष्ट्र बैंक र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि शाहको बैंकिङ कारोबार रोक्का गर्दा हस्तक्षेप गरेका थिए। विभिन्न ११ बैंकमा अनधिकृत पैसा आएपछि उक्त खाता रोक्का गरी राष्ट्र बैंकले विभागलाई पत्र लेखेको थियो।

Shivam cement

तर पूर्वअर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई अनधिकृत रुपमा ती सबै खाता खुला गर्न निर्देशन दिएका थिए। विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बेला पूर्वअर्थमन्त्री शर्माले लिखित निर्देशन दिई शंकास्पद ४० करोड रुपैयाँ छुटाउन हस्तक्षेप गरेका थिए।

प्रकाशित: Mar 07, 2023| 18:49 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्