काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई) नेपालको अध्यक्ष पदमा पूर्व सचिव खेमराज रेग्मी निर्वाचित भएका छन्।
टीआई नेपालले आज (२०७५ असोज १९ गते) काठमाडौंमा आयोजना गरेको २३ औं साधारणसभाले रेग्मीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।
त्यसैगरी साधारणसभाले अन्य ७ जनालाई कार्यसमिति सदस्य पदमा निर्वाचित गरेको छ। कार्यसमिति सदस्य पदमा क्रमशः श्री मुकुन्दबहादुर प्रधान, सवीता भण्डारी बराल, सुरेन्द्रबीर मालाकार, बुद्धिनारायण श्रेष्ठ, किरण थापा, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ विजयी भएका छन्।
टीआई नेपालको विधानअनुसार अध्यक्षले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितिका पदाधिकारी उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।
साधारणसभाले वर्तमान परिवेश, संस्थाको नयाँ रणनीति, आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति तथा लेखापरीक्षण प्रतिवेदनबारे छलफल गरी प्रतिवेदन पारित गरेको छ ।
टीआई नेपालको साधारणसभा र नवनिर्वाचित नेतृत्वद्वारा नेपालीहरुको चाड बडादशैं, तिहार र छठ एवं न्हुँदया भिन्तुनाका अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारविरुद्धको एजेन्डालाई थप ऊर्जा प्रदान गरिने अपेक्षा पनि राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४