आइतबार, असार १४, २०८३

ए डिभिजन चल्दाचल्दै अष्ट्रेलियातर्फ लागे सुनिल बल

 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं- अघिल्लो वर्ष मछिन्द्र फुटबल क्लबमा रहेक ए डिभिजन लिग जितेका सुनिल बल यो वर्षको ए डिभिजन लिगको पहिलो चरण सकिँदै विदेशीएका छन्। धेरै नेपाली खेलाडीजस्तै अब सुनिल पनि आज अष्ट्रेलिया जान लागेका हुन्।

National life

यसअघि पनि नेपालका ३५ भन्दा धेरै फुटबल खलाडी विदेशीएका छन्। अघिल्लो वर्षको ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका विशाल राई, अभिषेक रिजाल, सुमन अर्याल, सन्तोष तामाङ, आशिष राई लगायत दर्जनौ नेपाली खेलाडी यो वर्षको लिगमा छैनन्।

अघिल्लो सिजनमा गोलकिपर पछि सबैभन्दा धेरै समय मैदानमा विताउने खेलाडी हुन् सुनिल बल। उनले मछिन्द्रका उत्कृट फरवार्ड विमल घर्ति मगर, मनिष डाँगीभन्दा धेरै समय मैदानमा विताएका थिए।

तर यो वर्ष उनी मछिन्द्र छोडेर संकटा क्लब पुगेका थिए। संकटाले आफ्नो पहिलो खेलमा उपाधि दावेदार त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो। त्यो खेलमा सुनिलले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए।

तर, लिगको बाँकी खेलमा उनी हुनेछैनन्। यो वर्ष धेरै क्लबहरुका उत्कृष्ट र अनुभवी खेलाडी अष्ट्रेलिया गएको कारण क्लबहरुले नयाँ तथा युवा खेलाडीलाई राखेर टिम बनाएको छ।
नेपालमा खेलाडीको संख्या कम भएपछि लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले पनि विदेशी खेलाडीको कोटा थपेको थियो।
 

Shivam cement

प्रकाशित: Mar 06, 2023| 21:24 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।